Comments Add Comment

‘रेनी’को ट्रेलरमा प्रेमको कुरा


ग्रिस रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने भएको छ । विमला मल्ल र सञ्जिब मल्लको लगानीमा तयार भएको चलचित्रमा जयराम रिजालको छायांकन, विजय टिकाथरीको सम्पादन, मदन खड्काको कोरियोग्राफी छ ।

यो चलचित्रमा सरोज खनाल, दिपक ढकाल, सनम मल्ल, ग्रिस रिजाल, सुरविर पण्डितको मुख्य भूमिका छ । सनम मल्लको कथामा तयार भएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

यूवा यूवतीको प्रेम, पारिवारिक अवरोधको कथामा यो चलचित्र बनेको छ । लभस्टोरी कथामा तयार भएको चलचित्रले दर्शकको मन जित्ने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment