Comments Add Comment

केएल टावरमा ‘बिग सेल’ मेला


२६ साउन, काठमाडौं । किनमेलका सौखिन हुनुहुन्छ ? वा किनमेलको तयारी गरिरहनुभएको छ ? त्यसो हो भने चावहिलको केएल टावर तपाईंको निम्ति उपयुक्त गन्तव्य हुनसक्छ ।

केएल टावरमा अहिले ‘बिग सेल’ मेला प्रारम्भ भएको छ । अन्य वर्ष झै यसपाली पनि त्यहाँ सेल मेला लागेको हो । यस अन्र्तगत ४५ वटा भन्दा बढी आउटलेटबाट लत्ताकपडा, विद्युतीय सामाग्री, खाद्यन्न खरिद गर्न सकिन्छ, विशेष छुटमा ।

तीन हजार भन्दा बढी सामानहरू लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौना डिस्प्लेमा राखिएको छ । सामानमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको मेला व्यवस्थापन गरिरहेको इभेन्ट नेपालका प्रवन्ध निर्देशक हीरामणी तिमल्सिनाले बताए ।

मेला गएको शुक्रबारबाट सुरु भएको हो । यो एक महिनासम्म जारी रहनेछ । मेलामा छुटमा विभिन्न सामान किन्ने अवसर मात्र पाइनेछैन, विभिन्न उपहारको पनि व्यवस्था गरिएको छ । इभेन्ट नेपालका तिमल्सिना भन्छन्, ‘एक हजारभन्दा माथिको सामाग्री खरिदमा लक्की ड्रमार्फत हरेक दिन फ्रि सपिङ भौचर जित्ने मौका दिइएको छ ।’

त्यसैगरी मुभि टिकट लगायत हरेक साता अमेरिकन टुरिस्ट लगेज ब्याग, फ्रि लञ्च कुपन र बम्पर उपहारमा एक जनालाईू टि.भि.एस जुपिटर क्लासीक स्कुटर जित्न सकिनेछ । पाँच हजार भन्दा माथिको सामान खरिद गर्दा हात खाली नजाने उपहार दुईवटा एफ क्यूब सिनेमाको टिकट सित्तैमा उपलब्ध गराउने जनाइएको छ ।
यस योजनाभर केएल टावरमा आउने ग्राहकहरुको मनोरञ्जनको लागि फ्रि फेस पेन्टिङ, फेसन शो, म्यूजिकल इभेन्ट, बीबाइङ, हिपहप लगायत कार्यक्रमहरू समाबेस् गरिने जनाइएको छ ।

हाल के.एल टावरमा ५० वटा भन्दा बढी पसलहरू छन् । मोबाइल हब, सर्टिङ-सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमा हल, लाउञ्ज, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा-सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment