Comments Add Comment

किन अर्जेन्टिनामा गर्भपातलाई अवैंध मानियो ?

हामीकहाँ गर्भपतन गराउनुलाई कानुनी छुट छ, विशेष परिस्थितीमा । विभिन्न कारणले रहन गएको अनिच्छित गर्भलाई निश्चित ठाउँबाट गर्भपतन गराउन सकिन्छ ।

तर, हामीकहाँ गर्भपतन गर्ने क्रम यसरी बढेको छ, मानौं त्यो सामान्य प्रक्रिया हो । जबकी गर्भपतन गराउनु कतिपय अवस्थामा निकै जटिल एवं असुरक्षित हुन्छ । यसले आमाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । यसै मेसोमा अर्जेन्टिनामा गर्भपतनलाई अवैंध मानिने भएको छ । विविसी हिन्दी अनलाइनमा प्रकाशित आलेख यहाँ प्रस्तुत गरिएको छ ।

अर्जेन्टीनाको संसदले गर्भपतनलाई वैध बनाउने विधेयक खारेज गरिदिएको छ । यस विधेयकमा गर्भधारणको १४ हप्ताभित्र गर्भपतन गराउने इजाजतको कुरा गरिएको थियो ।

संसदको लामो बहसपछि ३८ संसदले यसको विरुद्धमा र ३१ ले यसको पक्षमा भोट गरेका छन् ।

यो खारेज भएसँगै यसका गर्भपतनको विक्षमा उभिएकाहरुमा खुसीलको लहर छाएको छ । र, समर्थक निराश भएका छन् । कति समर्थक यति आक्रमक भएका छन् कि उनीहरुले प्रहरीमाथि पनि हातपात गरेका छन् । अब एक बर्षसम्म यही नियम सदर हुनेछ । अर्थात गर्भपतन अवैंध ठहरिनेछ ।

कमजोरलाई बचाउ

अर्जेन्टिनामा गर्भपतनको समर्थकमा लामो समयदेखि वहस चलिहरको थियो । यसका पक्षधरहरु के भन्छन् भने, अहिले पनि अर्जेन्टिनामा गर्भपतन गराइरहेका छन् । तर, गैरकानुनी भएकाले लुकीछिपी गर्भपतन गराउँदा उनीहरु थप जोखिममा छन् । महिलाको ज्यान जान सक्ने भय पनि छ ।

यसका विपक्षमा उत्रिएकाहरुको तर्क भने यस्तो छ, ‘जन्मन नपाई कुनैपनि बच्चाको हत्या गर्ने अधिकार कसैलाई दिइनु हुँदैन । र, यो महिलाको समस्याको समधान पनि होइन ।’

मतदानको क्रममा दुबै पक्षका समर्थकले संसदको बाहिर प्रदर्शन गरेका थिए र र्‍याली निकालेका थिए । विधेयकको विरोध गरिरहेका एक प्रदर्शनकारीले भने, ‘यो खुसीको कुरा हो कि, हाम्रो समाज यस महत्वपूर्ण सिद्धान्तमा भरोसा गर्छ कि आफ्नो बचाउ गर्नमा सबैभन्दा बढी कमजोरको बचाउ गर्ने ।’

बर्षौंदेखिको लडाई

अर्जेन्टिनामा केवल बलात्कारबाट गर्भ रहेमा वा आमाको ज्यानको खतरा हुने स्थितीमा गर्भपतन गर्न अनुमति दिइएको छ ।

गर्भपतनलाई कानुनी छुट दिइनुपर्छ भनेर लामो समयदेखि आवाज चर्किदै आएको थियो । यसैबीच राष्ट्रपति मारिसियो मक्रीले यसमा मतदान गराउने निर्णय गरे । अहिले राष्ट्रपति स्वयम् गर्भपतनको विरुद्धमा राय दिइरहेका छन् ।

यो विधेयक तल्लो सदनमा पास पनि भएका थियो । तर, माथिल्लो सदनमा पुगेपछि त्यो विधेयकमा फेरी बहस चर्कियो । किनभने त्यहाँ अधिकतम सांसद कन्र्जभेटिभ थिए । सदनमा महिला सांसदको मत पनि बाँढिएको थियो । यस विषयमा १६ घण्टाभन्दा बढी समय बहस चलेको थियो ।

अवैंध गर्भपतनको हानी

विधेयकका समर्थन गर्नेहरुका अनुसार यो तत्काल ध्यान दिनुपर्ने स्वास्थ्य सम्बन्धीत कुरा हो । अर्जेन्टिनामा अवैंध गर्भपतनपछि हजारौं महिलाले हरेक बर्ष अस्पताल जानु परेको थियो । सन् २०१६ मा यही कारण ४३ जना महिलाको मृत्यु भएको थियो ।

आर्थिक रुपले सक्षम महिलाहरु औषधीबाट गर्भपतन गराउँछन् । जबकी कमजोर आर्थिक अवस्थाका महिलाहरु यसका लागि खतरनाक विधी पनि अपनाउनुपर्ने वाध्यतामा छन् ।

उरुग्वे र क्यूबासहित ल्याटिन अमेरिकाको दुई यस्ता देश हुन्, जहाँ गर्भपतनलाई गैरकानुनी मानिदैन । अन्य स्थानमभा विशेष स्थितीलाई छाडेर गर्भपतन गराउनु गैरकानुनी मानिन्छ ।

ल्याटिन अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको देश ब्राजीलमा सुपि्रम कोर्टमा यही विषयलाई लिएर सुनुवाई चलिरहेको छ । १२ हप्ताको गर्भलाई पतन गराउनु वैंध मान्ने वा नमान्ने भन्ने कुरामा त्यहाँ वहस भइरहेको छ ।

हुन त अहिले विश्वमै यसलाई कानुनी मान्यता दिइएको छ, तर निर्विवाद भने छैन ।

के भन्छन् दुबै पक्ष ?

विपक्षी पेरोनिस्ट पार्टीका नोरमा डुरांगो भन्छन्, ‘यो कानुन बाध्य गर्दैन, न यसले कसैलाई गर्भपतन गराउन उक्साउँछ । यस कानुनको एकमात्र चिज छनौट गर्ने अधिकार हो ।’

गर्भपतनका विरोधी गैर सरकारी संस्था फ्रोंटे खोवनको कैमिला डूरो भन्छन्, ‘हामी सबैलाई यो सन्देश दिन चाहन्छौं  किगर्भपतन सामाजिक असफलताको बराबर हो । एक महिलालाई यसको सहारा लिनका लागि केही दोस्रो चिजलाई असफल गराउनु आवश्यक छ ।’

यसका समर्थक वकिल र अभियानकर्ता सबरीना करिताबिया भन्छिन्, ‘यो गैरकानूनी हो वा होइन, तर महिलाहरु गर्भपतन गराइरहेकै छन् ।’ विधेयकको विरोधमा राय राख्ने मारिया कैस्टीयोलाई लाग्छ, ‘गर्भपातले सधै एक बच्चाको ज्यान लिइरहेको हुन्छ । यो महिलाको समस्याको समाधान पनि होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment