+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
६० बलमा १०५ रन आवश्यक
विराटनगर किंग्स 2025
56/3 (9.6)
Shares

गृहमन्त्रीसँग वार्ता गर्न दुर्गा प्रसाईं सिंहदरबारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न सिंहदरबार पुगेका छन्।
  • अभियानले २७ बुँदे माग राखेर ७ मंसिरबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो र ६ मंसिरमा सरकारले वार्ता गरेको थियो।
  • सरकार र प्रसाईंबीच वार्ताका लागि अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले सहजीकरण गरिरहेका छन्।

१२ मंसिर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न प्रसाईं सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन् । उनको समूहले यसअघि सरकारसँग दुई चरणमा वार्ता गरिसकेको छ ।

प्रसाईं नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी ७ मंसिरबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । ६ मंसिरमा सरकारले अभियानसँग वार्ता गरेको थियो । सो वार्तापछि अभियानले १५ दिनका लागि आन्दोलन स्थगित गरेको थियो ।

१५ दिनभित्र सरकारले माग सम्बोधन गर्ने बताएपछि आफूहरूले आन्दोलन स्थगित गरेको आन्दोलनका नेताहरूको भनाइ थियो । अभियानले त्यसबेला सरकारसँग वार्ता गर्दा संयोजक प्रसाईं भने थुनामा थिए ।

सार्वजनिक शान्तिमा खलल पुर्‍याएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि, अदालतको आदेशमा उनी धरौटीमा रिहा भए ।

त्यसपछि सरकारसँगको वार्ताका लागि प्रसाईं आफ्नो अभियानको नेतृत्व गदैृ सिंहदरबार पुगेका हुन् ।

सरकार र प्रसाईंबीच वार्ताका लागि अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले सहजीकरण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?