४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।
प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यराति पक्राउ गरेको थियो ।
भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईं अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4