Comments Add Comment

प्यारामोटर उडाउने चितवनका सरोज चेपाङलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

२७ साउन, चितवन । प्यारा मोटर निर्माण गरेर सफल परीक्षणसमेत गरेका चितवन राप्ती नगरपालिका-२ गड्यौलीका सरोज चेपाङलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले अाइतबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा २१ वषिर्य सरोजलाई युवा प्रतिभाबाट सम्मान गरेको हो ।

सम्मानसँगै उनले नगद १ लाख रुपैयाँसमेत प्राप्त गरेका छन् । काठमाडाैंमा भएको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्माले सम्मान पत्र र १ लाखको चेक प्रदान गर्दै सम्मान गरे ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा सामान्य परिवारका सरोजले गरेको योगदानको मूल्याङकन गर्दै मन्त्रालयले सम्मान गरेको हो ।

आगामी दिनमा आविस्कारको क्षेत्रमा प्रोत्साहन गर्न आफुलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको काठमाडौमा रहेका सरोजले जानकारी दिए ।

सरोजले आफ्नै लगानीमा गत चैंत्रमा प्यारा मोटर निर्माण गरेर सफल परीक्षण गरेका थिए । उनी अहिलेे मिनी एयरक्राफ्ट (सानो जहाज) समेत निर्माण गरिरहेका छन् ।

सानो जहाजका लागि आवश्यक इन्जिन नभएपछि उनले एयर बोट निर्माणको काम पनि थालेका छन् ।

एयरबोटको काम अन्तिम चरणमा पुगिसकेको छ । सो एयरबोट नारायणी नदीमा परीक्षण गर्ने सरोजको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment