Comments Add Comment

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

२८ साउन, काठमाडौं । मार्क एन्ड्रे टेर स्टेगेनले पेनाल्टी रोकेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोल अन्तरले हराएको हो ।

मोरक्कोमा भएको खेलमा अग्रता भने सेभियाले लिएको थियो । उसका पाब्लो साराबियाले नवौं मिनेटमा नै गोल गरेका थिए ।

तर, पहिलो हाफको अन्त्यतिर जेरार्ड पिकेले बराबरी गोल फर्काए । खेलको ७८ औं मिनेटमा डेब्बेलेले गोल गरे ।

टेर स्टेगनले एलेक्स भिडाललाई फल गरेपछि सेभियाले पेनाल्टी पायो । तर, डेयरको प्रहार टेरस्टेगनले रोक्दै बार्सिलोनालाई सुपर कपको उपाधि दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment