Comments Add Comment

‘मेरो पैसा खोइ’मा पनि बर्षाले बर्षालाई रिप्लेस गरेकी थिइन्


चलचित्र ‘गोपी’मा अनुवन्धित भएकी नायिका बर्षा सिवाकोटीले यो चलचित्रबाट हात धुनुपरेपछि यतिबेला यसले चर्चा पाएको छ । बर्षाले समय नदिएको भन्दै सहमतीमै चलचित्रबाट बाहिरिएको तर्क निर्माणपक्षले गरिरहेको छ । बर्षा सिवाकोटी बाहिरिएको चलचित्रमा अर्की नायिका बषर्ा राउत भित्रिएपछि यसले झनै हंगामा मच्चाएको हो । दुई बषर्ाको दुश्मनी चलचित्र क्षेत्रमा सबैलाई थाहा छ ।

नायिका सिवाकोटीले भने संझौता गर्दा एउटा र पछि अर्कै भूमिका भएपछि छाडेको तर्क फेसबुक मार्फत दिएकी छिन् । सुरुमा एउटा भूमिका र पछि अर्को भूमिका भएपछि के गर्ने भन्दै उनले तर्क गरेकी छिन् । उनले, गरेको यो तर्क यो चलचित्रको निर्माणपक्षले भने स्विकार गरेको छैन । ्

बर्षाले भूमिका काटिएको भन्दै बाहिरिएको चलचित्रमा बर्षा राउत पहिलो पटक भित्रिएकी भने होइनन् । यसअघि गतबर्ष रिलिज भएको चलचित्र ‘मेरो पैसा खोइ’मा पनि यस्तै घटना भएको थियो । निर्माता रोज राणाले बर्षा सिवाकोटीलाई संझौता गर्दा मुख्य नायिका भनेका थिए ।

तर, पछि बर्षा राउतलाई पनि मुख्य नायिका भन्दै भित्राएपछि बर्षा सिवाकोटीले चलचित्र छाडेकी थिइन् । उनले सो समयमा आफूलाई सुरुमा मुख्य नायिका भनिएको पछि बर्षा राउतलाई पनि मुख्य नायिका भन्दै प्रवेश गराइएको भन्दै चलचित्र छाडेको बताएकी थिइन् । बर्षा राउत र बर्षा सिवाकोटीको यो लुकामारी चलचित्र क्षेत्रमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment