Comments Add Comment

रौतहटका किशोरीलाई आत्मरक्षाको विधि सिकाइयो

२८ साउन, रौतहट । महिला तथा बालिका हिंसाका घटनाहरुमा वृद्धि भइरहेको बेला रौतहटका किशोरीहरुले आफ्नो सुरक्षा गर्ने विधि सिकेका छन् । जिल्लाभरी बाट छानिएका विभिन्न समूहका झण्डै तीन दर्जन किशोरीहरुले पाँच दिनसम्म आत्मरक्षाको तालिम लिएका हुन् ।

बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी रौतहट र यूनएफपी को सहयोगमा रौतहटका विभिन्न स्थानीय तहका किशोरीहरुलाई आत्मरक्षाको विधि सिकाइएको हो ।

रौतहटको पौराई, कनकपुर, धरहरी, जेठरहिया, बसन्तपट्टी, बैरिया लगायतका स्थानका किशोरी समूहका सहजकर्ताहरुलाई तालिम दिइएको हो । तालिम लिएका यी सहजकर्ताहरुले गाँउघरमा रहेको आफ्नो समूहका किशोरीलाई तालिम दिने छन् ।

एक्लै हिँडडुल गर्दा, विद्यालय जाँदा वा सार्वजनिक बसहरुमा यात्रा गर्दाको कतिपय अवस्थामा किशोरीहरु हिंसाको शिकार हुने गरेको र आत्मरक्षाको विधि थाहा नहुदा हिंसा सहेर बस्नुपर्ने बाध्यता रहेको किशोरीहरुले बताएका छन् ।

प्रतिकार गर्ने तरिका र विधि थाहा नहुदा हिंसा गर्नेको मनोबल समेत बढने गरेको उनीहरुले बताए । आफूहरुले तालिमबाट धेरै कुरा सिकेको र अब कसैले हिंसा गर्न खोजेमा सजिलै प्रतिकार गर्न सक्ने बैरियाकी अम्बिका ठाकुरले बताइन् । पाँच दिनको तालिमबाट आत्मरक्षा गर्न सक्ने गुण आफूहरुले प्राप्त गरेको र अब घरेलु वा बाहृय हिंसाबाट जोगिन सक्ने भएको किशोरी ठाकुरले बताइन् ।

यसै गरी हिजोका दिनमा भएका हिंसाका घटना अब कहि कतै दोहरिन नदिन आफूहरुले आफ्नो समूहका किशोरीहरुलाई सचेत बनाउने र उनीहरुलाई पनि आत्मरक्षाका विधिहरु सिकाउने बसन्तपट्टीकी प्रियंका सिंहले बताइन् । आफूहरुले पहिले कहिले पनि यस्तो तालिम नलिएको र अब किशोरीहरु हिंसाको शिकार हुन नपर्ने सिंहले बताइन् ।

आत्मरक्षाको तालिमले हिंसाका घटनाहरुमा कमी आउने र किशोरीहरुमा पनि आत्मविश्वास बढने यूनएफपीएका कार्यक्रम विज्ञ भवनाथा झाले बताए । विद्यालय स्तरमा पनि किशोरी आत्मरक्षाका कार्यक्रमहरु अगाडि बढाउन जरुरी रहेको उनले बताए । किशोरीहरुलाई संजु महर्जन, नेवाङ लामा र पद्म खयरगोली (श्रेष्ठ) ले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment