+
+
Shares

नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा कारमाथि ढुंगा खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते १८:३२

२८ साउन, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्र्तगत घुमाउनेमा गुडिरहेको कारमामाथि ढुंगा खस्दा दुईजना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका-२९ घुमाउनेमा नतहुँको डुम्रेबाट भरतपुरतर्फ आउँदै गरेको बा१४च ६०७६ नम्बरको कारमा ढुंगा खसेको हो ।

ढुंगा लागेर कारमा सवार इच्छाकामना गाउँपालिका-५ बस्ने वर्ष ३२ का सुरेश पुन र तनहुँको बन्दीपुर गाउँपालिका-१ का २६ वर्षकी सन्तोषी गुरुङ घाइते भएका छन् ।

घाइते दुवैको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?