+
+
Shares

अनशनकारीद्वारा नगरपालिका कार्यालय तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते १८:४१

२८, साउन, चितवन । कर वृद्धिको विरोधमा अनसनमा बसेका अनशनकारीहरुले चितवनको रत्ननगर नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले सोमबार राजश्व शाखाको सीसासमेत फुटाएर तोडफोड गरेका हुन् । केही झ्यालका सीसा पनि फटेको छ ।

नगरपालिकामा कर तिर्न आएका सेवाग्राहीको रसिदसमेत उनीहरुले च्यातिदिएका छन् । कर वृद्धिको विरोधमा कांग्रेससहितका सात दलहरुले सुरु गरेको रिले अनशन सोमबार दोस्रो दिन पनि जारी रहेको छ । उनीहरु ११ बुँदे माग राखेर रिले अनशन बसेका हुन् ।

चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दा समेत नगरपालिका नेतृत्वले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै रिले अनशनमा बस्नुपरेको नेपाली कांग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले बताए ।

यता, नगरपालिकाले आन्दोलनरत पक्षहरुसँग वार्ता र सम्वाद गरेर समस्या समाधान गर्न तयार रहेको जनाउदै आज नै वार्ताको लागि आहृवान गरेको छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।

आन्दोलनरत पक्षले भने कर्मचारीहरुसँग वार्तामा नबस्ने भन्दै नगर प्रमुख कै नेतृत्वमा वार्ता समिति गठन हुनुपर्ने माग गरेका छन् ।

कर बृद्धि विरुद्धको आन्दोलनमा क्षेत्रीय होटल व्यवसायी संघ नेपाल चितवनले ऐक्यवद्धता जनाएको छ । करको दरमा बृद्धि नभएको तर जग्गाको मुल्याकंन बढेकोले करको रकम बढेकोे रत्ननगर नगरपालिकाले दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?