Comments Add Comment

‘मिस्टर भर्जिन’को टुरमा देखियो दर्शकको उत्साह


काठमाण्डौ बाहिरको प्रचारलाई सकेर फर्किएको ‘मिस्टर भर्जिन’को निर्माणपक्ष दर्शकको उत्साहलाई लिएर खुशी देखिएको छ । पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौँडा, धरान, विर्तामोड, दमकसम्म प्रचार गरेर यसको टिम काठमाण्डौ फर्किएको हो ।

अब, काठमाण्डौ र ललितपुरमा पनि सांगीतिक कार्यक्रम गरिने निर्माणपक्षले बताएको छ । यो टुरमा चलचित्रका मुख्य कलाकार गौरव पहारि, कमलमणि नेपाल, मरिष्का पोख्रेल, रविन्द्र झा र गायक-गायिका सहभागी थिए । टुरका क्रममा दर्शकसँग प्रत्यक्ष साक्षात्कार भएको र दर्शकले चलचित्रलाई लिएर उत्साह प्रकट गरेको कलाकारहरुले बताएका छन् । यो चलचित्रको निर्देशन विशारद बस्नेतले गरेका हुन् ।

चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी छ । भदौ १ गतेबाट रिलिज हुने चलचित्रलाई नेपालको पहिलो सेक्स कमेडी चलचित्र भनिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसलाई लिएर दर्शकको उत्साह बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment