Comments Add Comment

रुपा रौतारको ‘हिम्मत भाकी छोरी’ सार्वजनिक


गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथी हास्य कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए । सानोमा आˆनो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् ।

गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे , रोजिना थापा , डाक्टर कृष्णहरि बराल , दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको शब्द छ । कार्यक्रममा दुई गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो । साथै गायिका रुपाले ‘मेरी आमा’ बोलको गीतलाई लाइभ गाएकी थिइन् । उनको गायकीलाई उपस्थितले तारिफ गरेका थिए ।

‘लेख्दै छु’ बोलको गीतको भिडियोमा प्रविन खड्काको छायांकन, प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन छ । यसैगरि सार्वजनिक शिर्ष गीत’ हिम्मत भाकी छोरी’लाई ज्ञानेन्ऽ शर्माले खिचेका हुन् । यसमा भरत रेग्मीको सम्पादन , सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment