Comments Add Comment

‘सूर्य छुने’ मिसनमा उड्यो नासाको अन्तरीक्ष यान


अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने यानको प्रक्षेपण गरेको छ ।

पार्कर सोलर प्रोव नामक अन्तरीक्षयानलाई नासाले फ्लोरिडास्थित केप केनरेभलबाट प्रक्षेपण गरेको हो । पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने यान हुनेछ ।

स्थानीय समयअनुसार आइतबार बिहान साढे ३ बजे उक्त यानलाई डेल्टा चतुर्थ हेभी रकेट मार्फत प्रक्षेपाण गरिएको हो । यो रकेट विश्वमा सबैभन्दा तीव्र गतिमा चल्ने मानव निर्मित वस्तु हो ।

पछिल्लो मिसनबाट सूर्यको बारेमा विभिन्न रहस्योद्घाटन हुने विश्वास नासाले गरेको छ ।

खगोलशास्त्री ९१ वर्षीय युजिन पार्करको नामबाट यो यानको नामाकरण गरिएको हो । युजिनले पहिलोपटक सौर्य आँधीको बारेमा वर्णन गरेका थिए ।

यो यानले हाम्रो बाहिरी वायुमण्डल अर्थात् कोरोनाको भौतिक अध्ययन गर्नेछ ।

डेल्टा चतुर्थ हेभी रकेटले यानलाई आन्तरिक सौर्यमण्डलमा पुर्याउनेछ ।

आगामी ६ हप्तामा शुक्र ग्रहलाई पार गरी अर्को ६ हप्तामा यसले सूर्यसँग साक्षात्कार गर्नेछ । सात वर्षको अवधिमा यो यानले सूर्यको २४ पटक परिक्रमा गर्नेछ ।

उर्जा तथा घामले कसरी सूर्यको चारैतर्फ आफ्नो घेरा बनाएर राख्न सफल हुन्छ भन्ने कुरा पत्ता लगाउनु यो मिसनको उद्देश्य भएको बताइएको छ ।

सूर्यको हरेक परिक्रमा पश्चात यो यान सूर्यको अझै नजिक आउनेछ । यसले सुर्यको सतहभन्दा ६१ लाख किमीको दूरीमा रही वातावरणका नमूनाहरु संकलन गर्नेछ ।

हुनत यो दूरी खासै नजिक लाग्दैन । तर यदि पृथ्वी र सूर्यबीचको दूरीलाई एक मिटर मान्ने हो भने पार्कर सोलार प्रोब र सूर्यबीचको दूरी जम्मा चार सेन्टिमिटर मात्र हुनेछ ।

यसले १९० किलोमिटर प्रतिसेकेण्डको गतिमा सूर्यको परिक्रमा गर्नेछ । यो गति यति तिव्र हो कि यदि यहीँ गतिमा कुनै वस्तु अमेरिकाको वासिंटनबाट यात्रा सुरु गरेमा एक मिनेटमै जापानको टोकियो पुग्दछ ।

यसको वजन ६१२ किलो रहेको छ । लम्बाई ९ फिट १० इन्च छ । सूर्यको तातोबाट बचाउनक ालागि यसमा ११.४३ सेमी मोटो विशेष कार्वन कम्पोजिट हिट शिल्ड लगाइएको छ । यो तहले १३ सय डिग्री सेल्सियस सम्मको तातो खप्न सक्दछ ।

स्मरण रहोस् यसअघि सन् १९७६ मा हिलियस टू नाम अन्तरीक्षयान सुर्यको नजिक पुगकेो थियो । उक्त यान सूर्यको ४ करोड ३० लाख किलोमिटर दूरीसम्म पुगेको थियो ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment