Comments Add Comment

स्ट्याण्डर्ड चार्टर्ड बैंकको उल्लेखीय प्रगति, एक वर्षमा कमायो २ अर्ब ७ करोड

३० साउन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षमा राम्रो प्रगति गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा खुद नाफामात्रै २ अर्ब ७ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ ।

यो नाफा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो अघिल्लो वर्ष १ अर्ब ४२ करोड १५ लाख रुपैयाँ मूनाफा आर्जन गरेको थियो ।
बैंकको संचित कोषमा ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्ष सम्ममा ६७ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४६ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले गत वर्षसम्म गरेको लगानी १६ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

बैंकले ३ अर्ब २२ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निष्कृय कर्जा अनुपात ०.८१ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७१.६८ प्रतिशत रहेको यो बैंकको प्रति शेयर आम्दानी २५.८८ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १७३.४६ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment