+
+

‘जय शम्भु भर्सेस मिस्टर भर्जिन भर्सेस ब्ल्याक’

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १ गते ८:००


आजबाट ३ नेपाली चलचित्र रिलिज भएका छन् । आशा गरिएका तिनै वटा चलचित्र एकसाथ रिलिज हुँदा निर्माताले घाटा ब्योहोर्ने त पक्का छ । तर, पनि निर्माताहरु २ ठूला हिन्दी चलचित्रको साथमा आफै भिड्न पनि तयार भएका छन् ।
आजबाट चलचित्र ‘जय शम्भु’ रिलिज भएका छ । अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा सिवाकोटीको प्रेमको वरिपरी घुमेको यो चलचित्रलाई एक्सन र लभस्टोरीको बिषयमा तयार पारिएको छ ।

यस्तै, पहिलो सेक्स कमेडीको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘मिस्टर भर्जिन’ पनि आजै रिलिज भएको छ । विशारद बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा गौरव पहारि, विजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला सापकोटा, मरिष्का पोखरेल लगायतका कलाकारको मुख्य भूमिका छ । मल्टिप्लेक्समा यो चलचित्रले अन्य चलचित्र भन्दा बढी शो पाएको छ ।

यस्तै, आजैबाट चलचित्र ‘ब्ल्याक’ पनि रिलिज भएको छ । प्रदिप श्रेष्ठको निर्देशन र आश्मा पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजालको मुख्य भूमिका छ । तिन चलचित्र एकसाथ रिलिज भएपछि मल्टिप्लेक्समा यी तिनै चलचित्रले आशातित शो पाएका छैनन् भने सिंगल हलमा पनि दर्शक बाँडिने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?