Comments Add Comment

देखाउन पनि प्रदेश २ मा धेरै विकास गर्छुः प्रधानमन्त्री


२ भदौ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरेका छन् । केन्द्र सरकार विभेदकारी हुन नसक्ने भन्दै उनले प्रदेश २ को विकासका लागि पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।

शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नयाँ अभ्यास भएकाले केही समस्या आउन सक्ने बताए । तर, संघर्ष नभई सहकार्य गर्न आग्रह गरे । ‘नयाँ जुत्ता दामी नै भएपनि राम्रो नै भएपनि पुरानो जस्तो खुट्टामा मिलेको हुँदैन । पहिलो दिन त दुख्छ । तर, एक दुई दिन लगाएपछि मिल्छ ।’

प्रदेश सरकार केन्द्र र स्थानीय तहको तानातानमा पर्न सक्ने भन्दै उनले सम्वादबाट समाधान खोज्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले प्रदेशसभामा भने, ‘झन्जट महसुस पनि हुनसक्छ तर, यसलाई समझदारीपूर्ण ढंगले टुंग्याउन सकिन्छ ।’

देखाउन पनि प्रदेश २ मा धेरै विकास

प्रधानमन्त्री ओलीले आफ्नो सरकार बनेको ६ महिना भोलि पुग्ने बताए । आफ्ना १० वटा छ महिना मध्ये एउटा सकिएको भन्दै उनले बाँकी समयमा धेरै काम गर्न बाँकी रहेको बताए ।

धेरै विरोध प्रदेश २ मा भएको भन्दै ‘यो सरकार के रहेछ’ भनेर देखाउन पनि यहाँ बढी विकास गर्ने बताए ।

प्रदेश २ को विकासमा पूर्ण सहयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केन्द्रमा जे भन्यो त्यही मान्ने सरकार छ । विकास गरौं, गरौं । बजेट चाहियो, लिनुस् ।’

चाहिएको बेला संविधान संशोधन

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सरकार तयार रहेको बताए । जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई बंशजको नागरिकता दिने कानुन संसदमा पुगिसकेको र केही दिनमा नै पारित हुने भन्दै उनले भने, ‘संविधानले कसैलाई विवाद गर्दैन । विभेद भएको छ भने भन्नुस्, संविधान संशोधन गर्न तयार छौं ।’

संविधान गतिशील दस्तावेज भएको भन्दै चाहिएको बेला संशोधन गर्न सरकार तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment