Comments Add Comment

बाराणसीमा बस दुर्घटना, ४० नेपाली तीर्थयात्री घाइते

२ भदौ, काठमाडौं । भारतको बाराणसीमा बस दुर्घटना हुँदा ४० नेपाली तीर्थयात्री घाइते भएका छन् ।

प्रहरीका अनुसार सुनसरीको दुहबीबाट गएका तीर्थयात्रीहरुले बिहारबाट निजी गाडी रिजर्भ गरेका थिए । चालकले तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।

बसमा ४६ जना थिए । घाइतेहरुलाई दिनदयाल उपाध्याय अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment