Comments Add Comment

‘रामकहानी’को सिग्नेचर च्यालेञ्ज


भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को निर्माणपक्षले प्रचारका लागि विभिन्न उपाय सोचिरहेको छ । काठमाण्डौका विभिन्न रेष्टुरेन्टमा चलचित्रकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पिएन चलाएपछि अब यसको निर्माणपक्षले सिग्नेचर क्याम्पिएन चलाएको हो ।

काठमाण्डौका विभिन्न स्थानमा पुगेर केही यूवाहरुले यो क्याम्पिएन गरेका छन् । विशेषगरि, ‘रामकहानी’को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका यूवाहरुले त्यहाँ घुम्न आउने मानिसहरुलाई ‘रामकहानी’ लेख्न लगाए । ४ जनाको टिसर्टमा मानिसहरुले आ-आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गरेका थिए । सो अवसरमा उनीहरुले हस्ताक्षर गर्नेहरुलाई चलचित्रको बारेमा जानकारी पनि दिएका थिए ।

४ जनामध्ये सर्वाधिक कसले धेरै चलचित्रको टिसर्टमा सिग्नेचर संकलन गर्ने भन्ने प्रतिस्पर्धा चलेको थियो । यो आइडिया चलचित्रकै प्रचार संयोजक जितेन्द्र खतिवडाको हो । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । प्रेम र कमेडीको यो चलचित्रलाई दर्शकले व्यग्रताका साथ प्रतिक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment