Comments Add Comment

बससँग ठोक्किदा मोटरसाइकलमा सवार युवकको मृत्यु

३ भदौ, महोत्तरी । बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको ज ११ प ५५४५ नम्बरको मोटरसाइकल र बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ४ ख ९९९९ नम्बरको बस ठोक्किदा मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका ३ का ३० वर्षका नेत्रबहादुर स्माइलीमगरको मृत्यु भएको हो ।

मगरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीब्र गतिको कारण मोटरसाइकल बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवासस्थित  बीपी सडक खण्डमा  दिनदिनै दुर्घटना बढिरहेकाले गाडीहरुलाई टाइम कार्डको ब्यवस्था गर्न र ठाउँठाँउमा  चेकिङ गर्नुपर्ने बर्दिवास नगरपालिका ३ का वडा सदस्य गणेश बस्नेत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment