+
+
Shares

करणको ‘दोस्ताना २’मा सिद्धार्थ र जान्भी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३ गते १६:२३


बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर सन् २००८ मा बनेको चलचित्र ‘दोस्ताना’को सिक्वेल बनाउने तयारीमा छन् । यो चलचित्रको अहिले कथा लेख्ने काम भैरहेको छ । यो चलचित्र करण यसअगाडि नै बनाउन चाहन्थे ।
तर, कथावस्तु राम्रो नपाएकाले उनले चलचित्र नबनाएका हुन् । अब भने उनले कथा राम्रो पाएका छन् र चलचित्र बनाउने मुडमा पुगेका हुन् । यो चलचित्रलाई ‘दोस्ताना’का निर्देशक तरुन मन्सुखानीले नै निर्देशन गर्नेछन् ।

भारती मिडियाका अनुसार करणले यो चलचित्रका २ मुख्य कलाकार फाइनल गरेका छन् । यो चलचित्रका लागि नायक सिद्धार्थ मल्होत्रा र नायिका जान्भी कपुरलाई फाइनल गरिएको हो । एक जना लिड नायक अझै फाइनल हुन बाकी छन् । करण अहिले नायिका जान्भी कपुरको करिअरलाई उचाइमा पुर्‍याउन लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?