Comments Add Comment

दुई सातापछि इन्डोनेसियामा फेरि शक्तिशाली भूकम्प, २ जनाको मृत्यु

४ भदौ, काठमाडौं । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पमा २ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

लोम्बोक केन्द्रबिन्द भएर गएको ७.० रेक्टर स्केलको भूकम्पले ४६० जनाको मृत्यु भएको दुर्इ सातापछि इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प गएकाे हाे ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको छ भने अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।

भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अवरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । भवनहरुमा ठूलो क्षति भएको छ ।

एपीका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ ।

इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ । दुर्इ साताअघिकाे भूकम्पले हजारौं घर भत्काएकाले यहाँका लाखौं मानिस विस्थापित अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment