Comments Add Comment

त्रिभुवन विमानस्थलमुनिबाट सुरुङमार्ग बनाउने योजना तुहियो

४ भदौ, काठमाडौं । हचुवाका भरमा ल्याइएको त्रिभुवन विमानस्थलमुनिबाट सुरुङमार्ग बनाउने योजना छलफलकै क्रममा तुहिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले कोटेश्वरको जाम छल्न भन्दै गरेको सुरुङमार्ग निर्माणको प्रस्ताव पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्वीकार गरेका छन् ।

प्राविधिक रुपमा सम्भव नभएकाले सुरुङमार्ग निर्माण हुन नसक्ने जावाफ उड्डयन अधिकारीहरुले सडक विभागलाई दिएका छन् । लगातार दुई वर्षदेखि कुनै तयारी र छलफल विना नै बजेटमा कोटेश्वरमा सुरुङमार्ग निर्माण गरिने उल्लेख गरिएको थियो ।

अघिल्लो बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर सुरुमार्ग बनाइने उल्लेख थियो । नयाँ बनजेटमा तीनकुने-जडिबुटी खण्डमा सुरुङ बनाइने उल्लेख छ ।

तर, पर्यटन मन्त्रालय र प्राधिकरणका अधिकारीहरुले प्रस्तावअनुसार सुरुङमार्ग बनाउन जोखिम हुने र त्यसले देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या ल्याउने बताएपछि सडक विभाग योजनाबाट पछि हटेको छ ।

सडक विभागले गत वर्ष नै विमानस्थलसँग सीधा जोडिने भएकाले प्राधिकरणमार्फत् नै सम्भाव्यता अध्ययन थाल्नुपर्ने सुझाव दिएको थियो । पर्यटन मन्त्री रविन्द्र अधिकारीले अब यो सुरुङमार्ग नबन्ने नश्चित भएको जानकारी दिए ।

‘यो विषय हामीले टुंग्याइसक्यौं । अब त्यहाँ कुनै सुरुङमार्ग बन्दैन,’ मन्त्री अधिकारीले भने । लगातार दुई वर्ष बजेटमा यो योजनार्ला कसले समेट्यो भन्नेबारे हालसम्म पनि उड्डयन प्राधिकरणका अधिकारी बेखबर थिए ।

उड्ययन अधिकारीहरुले विमानस्थलमुनी सुरुङमार्ग बनाउन आर्थिक र प्राविधिक हिसाबबाट सम्भव नरहेको बताउँदै आएका थिए । सडक विभागका अधिकारीहरु भने काटेश्वरको हुने गरेको जाम हटाउन सम्भव देखिएकाले सुरुङमार्ग बनाउनु पर्ने बताइरहेका थिए ।

पूर्वाधारविदहरुले पनि जाम हटाउन सुरुङमार्ग बनाउने योजना उपयुक्त नहुो बताएका थिए । सुरुङमार्ग बनेपछि कोटेश्वरको जाम त हटेपनि बानेश्वरमा जाम बढ्ने तर्क विज्ञहरुको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment