Comments Add Comment

नास्पातीले कसरी तौलदेखि कोलोस्टोरसम्म नियन्त्रण हुन्छ ?

भुक्तभोगीहरु भन्छन्, ‘मौसम अनुसारको फल सेवन गर्नुपर्छ ।’ प्रकृतिले हामीलाई कुनैपनि फल त्यही सिजनमा उत्पादन गरिदिएको छ, जतिबेला शरीरलाई त्यसमा रहेको पोषक तत्व आवश्यक हुन्छ ।

अहिले नास्पातीको सिजन छ । बजारमा नास्पाती किनबेच भइरहेको देखिन्छ ।

यो फल स्वादिलो हुन्छ भनेर त भनिरहनु पर्दैन । नास्पाती नचाख्ने सायदै होलान् । न महंगो, न दुर्लभ । जबकी यो फल स्वास्थका लागि कति फाइदाजनक छ भनेर बुझ्नुभयो भने तपाईंले आजैदेखि यो फलको खपत बढाउनुहुनेछ ।

नास्पातीको फाइदा

नास्पातीको सेवनले फोक्सोको क्यान्सर रोक्ने देखि पेटको क्यान्सर हसनबाट समेत जोगाउँछ ।  यसमा हाइपो एलजेर्निक तत्व हुने भएको यसको सेवनले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन ।

नास्पातीको सेवनले आखा धमिलो हुने समस्या कम गर्नुका साथै मुटुको धमनी  विग्रनबाट जोगाउँछ । हालैमा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने नास्पातीको बोक्रामा एन्टीअक्सिडेन्ट क्वेरसेटिन पाइन्छ,  जसले अल्जाइमर हुनबाट समेत जोगाउन मद्दत गर्छ ।  ।

यसमा पाइने उच्च फाइबरले कोलोन क्यान्सर हुनबाट समेत जोगाउँछ । नास्पातीमा ग्लूटेथाइन नामक एन्टी अक्सिडेन्ट तथा एन्टी कार्सिनोजेनिक तत्व पाइन्छ, जसले उच्च रक्तचाप तथा स्ट्रोक हुनबाट जोगाउँछ । यसमा पाइने फु्रक्टोस तथा ग्लूकोज शरीरलाई तागत प्रदान गर्ने प्राकृतिक स्रोतहरु हुन् ।

कस्ता कस्ता पोषकतत्व हुन्छ नास्पातीमा ?

नास्पातीमा भिटामिन ए, बी १, बी २, फोलिक एसिड लगायतका तत्व पाइन्छ । त्यस्तै,  पोटासियम, कपर,  फोस्फोरस लगायतका  खनिज पदार्थ पाइन्छ । क्याल्सियम, आइरन, म्याग्नेसियम, सल्फर, क्लोराइन तथा सोडियम जस्ता तत्व नास्पातीका कम हुन्छ । केही प्रकारका नास्पातीमा भने आइरनको मात्रा धेरै हुन्छ । यदी नास्पाती काट्दा दुवै भागमा खैरो देखिएमा भने त्यसमा आइरनको मात्रा धेरै भएको बुझ्नु पर्छ ।

किन खाने नास्पाती ?

कब्जियत कम गर्न

नास्पातीमा पेक्टिन हुन्छ, जसले दिशा खलास गर्न मद्दत गर्छ । कब्जियत भएमा नास्पातीलाई साधा तथा जुसको रुपमा पनि सेवन गर्न सकिन्छ ।

वजन घटाउन

वजन घटाउन चाहनेका लागि नास्पाती राम्रो विकल्प हुनसक्छ । नास्पातीमा क्यालोरीको मात्रा कम हुने भएकोले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । भोक नलाग्नको लागि नास्पातीलाई रातको समयमा सेवन गर्न सकिन्छ ।  नास्पातीमा प्रशस्त मात्रामा फाइबर हुने भएकोले यसले तपाईलाई लामो समयसम्म  भोक लाग्न दिदैन ।

अमिलो पानी कम गर्न

छाती पोल्ने समस्या, अमिलो पानी, तथा अपचको समस्या भएमा नास्पातीको सेवन राम्रो मानिन्छ । यसले पेटमा रहेको एसिडलाई सोसेर अमिलो पानी आउनबाट जोगाउँछ ।

कोलेस्ट्रोल घटाउन

नास्पातीमा पेक्टिनको मात्रा उच्च हुन्छ । त्यसैले, उच्च रक्तचापका विरामीहरुलाई चिकित्सक नास्पाती खान सल्लाह दिने गर्छन् । यसमा भएको पेक्टिन र फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । नास्पातीको बोक्रामा समेत पेक्टिन  पाइने हुदाँ नास्पातीको सेवन गर्दा ब्रोका नफाली सेवन गर्न सल्लाह दिइने गरिने ।

मधुमेहमा

कम क्यालोरीयुक्त तथा कार्वोहाइड्रेट्को मात्रा कम हुने भएकोले चिकित्सकहरु  प्राय मधुमेहका विरामीलाई नास्पाती खान सल्लाह दिने गर्दछन् । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रित हुने  गर्दछ ।

नास्पातीको स्वादलाई अझ बढाउन यसमा सुगर फि्र, फ्याट फि्र कि्रमकेा प्रयोग गर्न सकिन्छ ।

बाझोपन हटाउन

हर्मोनको गडबडीका कारण कयौ महिलामा बाझोपनाकेा समस्या हुने गर्दछ  । ताजा तथा स्वस्थ फलफूल खाएर पनि शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ । फलफुलमा प्राकृतिक गुलियोपना हुने गर्छ, जसले प्रजनन स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ  । त्यतिमात्रहैन, नास्पातीमा   विभिन्न किसिमको भिटामिन तथा मिनरल्स पाइन्छ गरे शरीरको प्रतिरोधी क्षमतालाई मजुबत बनाई  बाझोपनाको समस्या कम गर्न मद्दत गर्छ ।

पथ्थरी हुनबाट जोगाउन

नास्पातीको सेवनले पित्तथैलीमा पथ्थरी हुन दिदैन । यसमा पाइने ‘मेलिक’ नामक तत्वले पथ्थरीलाई कम गरी शरीरमा पथ्थरी हुनबा ट जोगाउँछ ।

त्यतिमात्र हैन , यसले मिगौलामा हुने पथ्थरीबाट समेत जोगाउन मद्दत गर्छ । सामान्यतया मिर्गौलामा क्याल्सियम अक्सालेट पथ्थरी हुने व्यक्तिको पिसाबमा अक्सोलेटको मात्रा धेरै हुने गर्छ  । जसका कारण  मिगौलामा पथ्थरी भएका व्यक्तिलाई अक्सालेट भएको खानेकुरा नखान सल्लाह दिइने गरिन्छ । नास्पातीमा अक्सालेटको मात्रा कम हुने भएकोले यसको सेवन  मिर्गौलामा पथ्थरी भएका व्यक्तिले समेत सेवन गर्न सक्दछन् ।

 घाँटीको समस्या भएमा

नास्पातीको सेवनले जलन कम गर्न मद्दत हुने भएको ले घाँटकिो समस्या भएमा नास्पातीकेा सेवन राम्रो मानिन्छ । यसको लागि थोरै महका साथमा नास्पातीलाई मिक्सरमा राम्ररी व्लेण्ड गर्नु पर्दछ ।यसको सेवनले घाटीको समस्या कम गर्नुका साथै दिनमा दुई ग्लास नास्पातीको जुसको सेवनले घाँटी सम्बन्धि समस्या हुनबाट जोगाउँछ ।

पेट सम्बन्धि समस्या भएमा                                           

फुड प्वाइजनिङ्ग भएमा वा भाइरस , व्याक्टेरिया वा परजिवीको सम्पर्कमा आएमा पेट दुख्ने गर्दछ । जसका कारण मानिसलाई वाकवाकी लाग्ने तथा वान्ता हुने गर्दछ । यस्ता समस्या कम गर्नका लागि पनि नास्पातीको सेवन गर्न सुझाव दिइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment