Comments Add Comment

दक्ष मेकानिक नहुँदा करोडौंका मेसिनहरु कवाड बन्दै

४ भदौ, कैलाली । दक्ष मेकानिक नहुँदा प्रदेश ७ का करोडौंका ठूला मेसिनहरु प्रयोगबिहीन बनेका छन् ।

पछिल्लो पटक प्रदेश ७ मा निर्माणले गति लिइरहेको बेला विभिन्न कम्पनीका ठूला मेसिनहरु भित्रिने क्रम बढेसँगै त्यसको विक्री वितरणमा समेत बृद्धि भएको छ । तर, ती कम्पनीहरुले मेसिन बिगि्रए मर्मत नगरिदिने हुँदा मेसिनमा करोडौं लगानी गरेका निर्माण कम्पनीहरु डुब्ने अवस्थामा पुगेका छन् ।

अत्तरिया-धनगढी छ लेन सडक निर्माण गरिरहेकेा कम्पनी राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले दक्ष मेकानिक नहुँदा करोडौंका ठूला मेसिनहरु बिग्रेर थन्किएको बताए ।

उनले मेसिन बिक्री गर्ने कम्पनीहरुले प्रतिस्पर्धामा समान बेच्नु भन्दा पनि भएका कम्पनीहरुले सर्भिस दिने कुरामा ध्यान दिन आवश्यक रहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत भट्टले प्रदेशको अस्थायी राजधानी धनगढीमा त दक्ष मेकानिक नभएर निकै समस्या झेलिरहेकेा अवस्थामा आफ्नो निर्माण कम्पनीले प्रदेश ७ का अन्य पहाडी जिल्लाहरुमा समेत निर्माणको काम गरिरहेको बताउँदै विग्रेका मेसिनहरु मर्मत नहुँदा समयमा काम सम्पन्न गर्न निकै चुनौती रहेकेा बताए ।

त्यस्तै नागार्जुन कन्स्ट्रक्सनका इन्जिनियर सुलभ भट्टले ठूला मेसिन बिग्रदाको अत्यन्तै पीडा भएको सुनाउ । मेसिन बिग्रेर बसेको महिनौ दिनसम्म पनि मेसिन विक्री गर्ने कम्पनीको बेवास्थाका कारण निकै सास्ती खेप्नु परेको उनको भनाइ छ ।

दैजि-जोगबुडा सडकखण्डमा मेसिन बिग्रेर बसेको ६ महिनाभन्दा बढी भएको बताउँदै इन्जिनियर भट्टले कम्पनिसँग पटक-पटक कुरा गर्दापनि त्यसको समाधान नभएको बताए ।

त्यस्तै अन्य पहाडी जिल्लाहरुमा समेत मेसिन बिग्रेर थन्केका कारण निर्माण कार्य गर्न नसकिएको बताउँदै इन्जिनियर भट्टले समान बिक्री गर्दा सर्भिसको ग्यारेन्टी गर्ने तर बिग्रेपछि वास्ता नगर्ने गरेको आरोप लगाए ।

उनले क्याट र कोमात्सु कम्पनिका इक्जाभेटर विग्रेर थन्केको महिनौ भएपनि मर्मतका लागि विक्री गर्ने कम्पनीले कुनै चासो नदिएको बताए ।

धनगढीमा विगत दुई दशकदेखि मेकानिकल काम गर्दै आएको नवल अटो पार्टस् एण्ड सर्भिस सेन्टरका प्रोप्राइटर किशोर शर्माले दक्ष मेकानिक पाउँन निकै समस्या रहेकेा बताए ।

उनले भारतबाट निकै खुसामत गरेर मेकानिक ल्याएपनि केही समय बस्ने र कामको चाप बढी भएको समयान थाहै नदिर भाग्ने गरेका कारण काम गर्न निकै समस्या रहेको बताए ।

उनले मेकानिक पाइहालेपनि मर्मतका लागि समान पाउन पनि त्यतिकै समस्या रहेको बताए ।

अहिले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा क्याट, कोमात्सु, टाटा हिटाची, जेसीबी, दुसान, फोनेल्को, केश लगायतका ठूला मेसिन बिक्री वितरण गर्ने कम्पनीहरु रहेका छन् ।

तर, तीी कुनै पनि कम्पनीले मेसिन बिगि्रहाले मर्मतका लागि सर्भिस सेन्टर भने खोलेका छैनन् ।

बिग्रेर ग्यारेजमा थन्किको इक्जाभेटलगायत ठूला मेसिनहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment