Comments Add Comment

दुर्गम क्षेत्रका जनताको सेवामा तारा एयरको प्रतिबद्धता


४ भदौ, काठमाडौं । यति एयरलाइन्सद्वारा प्रवर्द्धित तारा एयरले दुर्गम क्षेत्रमा हवाई सेवा दिन आफू प्रतिबद्ध रहेको जनाएको छ । विगत २० वर्षदेखि पश्चिम नेपालका दुर्गम क्षेत्रमा हवाई सेवा दिँदै आएको तारा एयरले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जनाएको हो ।

वि.स. १९९८देखि लुक्ला, जोमसोम, डोल्पा, रारा, हुम्ला, बाजुरा, जुम्ला, रामेछाप लगायतका क्षेत्रमा उडान भर्दै आएको तारा एयरले विकट जिल्लामा खाद्यान्न ढुवानीको काम समेत गरिरहेको कम्पनीका प्रवक्ता भीमराज राईले बताए ।

सरकारी एयरलाइन्सले सेवा दिन नसकेको क्षेत्रमा पनि ताराले उडान भर्दै आएको उनी बताउँछन् । उनका अनुसार तारा एयरले विश्व खाद्य संगठन डब्लुएफपी र नेपाल खाद्य संस्थानसँगको सहकार्यमा कणर्ाली लगायतका अति बिकट क्षेत्रमा खाद्यान्न ढुवानी गर्दै आएको छ ।

‘अति विकट क्षेत्रमा कसैले नियमित सेवा नदिइरहेको अवस्थामा पनि तारा एयरले त्यो काम गरिरहेको छ’, उनी भन्छन्,’दशैं, तिहारका बेला धेरै एयरलाईन्सले आफ्नो एयरक्राफ्ट कणर्ालीबाट लुक्लातिर तान्छन । तर हामीले त्यहाँका जनतालाई हवाई सेवाबाट बञ्चित गरेका छैनाैं ।’

सडक यातायात समेत नभएका दुर्गम भेगमा कयौं पटक आपतकालीन अवस्थामा बिरामी, सुत्केरीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन जोखिम मोलेर पनि सेवा दिएको उनले स्मरण गरे ।

चाडबाडका बेला लुक्लामा पर्यटकको चहलपहल बढ्न भएकाले एयरलाईन्सहरु दुर्गमबाट त्यता तानिने गरेको उनले दाबी गरे ।
कम्पनीका अनुसार अहिले तारा एयरका ६ वटा एयरक्राफ्टले दुर्गममा उडान भर्दै आएका छन् ।

जसमा पश्चिमका डोल्पा, सिमिकोट, रारा, जुम्ला र बाजुरा, जोमसोम तथा पूर्वका लुक्ला, फाप्लु र रामेछापमा ताराको नियमित उडान हुन्छ ।

यस्तै पश्चिमका बझाङ, साँफेबगर, चौरजहारी र रुकुम तथा र पूर्वका लामिडाँडा, खानीडाँडा, ताप्लेजुङ र भोजपुरमा माग बमोजिम फ्लाईट चार्टर हुने प्रवक्ता राईले बताए ।

कम्पनीले दुर्गम क्षेत्र नै आफ्नो प्राथमिकतामा रहेको बताएको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज रुपमा आवागमन सुविधा दिन आफूहरु प्रतिवद्ध रहेको राईले बताए ।

‘हिमाली तथा पहाडी भूभागका जनताको दैनिक जीवनयापन सहज बनाउने कुरामा हामी गम्भीर छौं । बायुसेवाका माध्यमबाट विकट क्षेत्रका नागरिसँग जोडिन पाउँदा हामी हषिर्त पनि छौं,’ राईले भने,’हामी यसलाई अवसरकै रुपमा लिएर काम गरिरहेका छौं ।’

तारा एयरको सेवालाई सम्बन्धित क्षत्रेका स्थानीयहरूले पनि रुचाएका छन् । अन्य एयरलाइन्सहरु सुगम र बढी यात्रुको चाप हुने क्षेत्रमा केन्द्रित भइरहँदा तारा एयरले भने फरक किसिमबाट सेवा प्रदान गरिरहेकोमा दुर्गम क्षेत्रका बासिन्दा खुसी व्यक्त गर्छन् ।

ताराले लामो समयदेखि कष्टकर जीवन भोगिरहेका नागरिकको दैनिक सहज बनाउन प्रयास गरिरहेकोमा सरोकारवाला निकाय पनि खुसी छन् । सरकारले पनि वायुसेवा कम्पनीहरुलाई दुर्गम क्षेत्रमा जान बाध्य पार्नुपर्ने माग विभिन्न क्षेत्रबाट भइरहेको छ ।

यस्तो अवस्थामा पनि ताराले तिनै विकट क्षेत्रमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखेरै विमान थपिरहनु सुखद् भएको पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment