Comments Add Comment

डिजिटल नेपाल फेमवर्क सुरु, यो हप्ताभरी सुझाव संकलन

४ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल निमार्णका लागि गृहकार्य सुरु गरेको जनाएको छ ।

सोमबार सरोकारवालहरुसँग अन्तर्क्रिया गरी मन्त्रालयले औपचारिक रुपमा डिजिटल नेपाल फ्रेमवर्क सुरु भएको घोषणा गरेको हो । त्यसका लागि सार्वजनिक रुपमा सुझाव माग गरिएको छ ।

डिजिटल नेपालको योजना पूरा गर्ने आधार, गुणस्तरीय सेवाका लागि गर्नुपर्ने काम, अगाडि बढ्न सकिने योजना, प्राथमिकताका विषयहरु के कस्ता हुन सक्छन् भनेर सार्वजनिक रुपमै सुझाव माग गरिएको हो ।

मन्त्रालयले आगामी शुक्रबारसम्म मन्त्रालयको वेवसाइटमा गएर वा मन्त्रालयमै पुगेर सुझाव दिन सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रविधिका कारण अब कुनै उद्योग डुब्दैन : सञ्चार सचिव

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रविधिका कारण नेपालमा अब कुनै प्रकारका उद्योग नडुब्ने दाबी गरेका छन् ।

डिजिटल नेपाल निमार्णबारे सरोकारवालाहरुसँग सुझाव संकलनका लागि मन्त्रालयमै आयोजित अन्तक्रिर्या कार्यक्रममा उनले सरकार प्रविधिको विकास गरेरै समृद्ध नेपाल निमार्ण गर्न सकिन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

सूचना प्रविधिको विकासले नेपालमा निजी क्षेत्रलाई लगानी गर्ने राम्रो अवसर प्रदान गरेको भन्दै सचिव गुरुङले सदुपयोग गर्न आग्रह गरेका छन् । देशभित्रकै निजी क्षेत्रले अहिलेको अवसर गुमाए विदेशी लगानीकर्ता आउने उनको भनाइ छ ।

‘सूचना प्रविधिको दृष्टिले पनि अबको युग भनेको निजी क्षेत्रलाई लगानी गर्ने सबैभन्दा राम्रो अवसर हो’ गुरुङले भने, ‘होइन भने विदेशी निजी क्षेत्र आउँछन् ।’

सरकारले सन २०२० सम्म देशभर इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको स्मरण गर्दै आफुहरु गुणस्तरीय सेवा कसरी पुर्‍याउन सकिन्छ भन्नेमा केन्दि्रत भएको उनले उल्लेख गरे । ‘वडा तहसम्म इन्टरनेटको सुविधा पुग्यो भने त्यसले अवसर द्रुत गतिमा दिन्छ’, सचिव गुरुङले भने, ‘हामी त्यसका निम्ति प्रयत्नरत छौं । थ्रीजी, फोरजी सेवा होइन फाइभजी कसरी पुर्‍याउने भन्ने छ ।’

मन्त्रालयको तथ्याङ्क अनुसार ७ सय ५३ स्थानीय तहमध्ये १ सय ५१ स्थानीय तहमा इन्टरनेटको पहुँच पुग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment