Comments Add Comment

पहिरोले डोल्पामा दुई घर पुरिए


५ भदौ, डोल्पा । अविरल वर्षासँगै खसेको पहिरोले डोल्पामा दुई घर पुरिएका छन् ।

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीय राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरेको हो । अर्का हरिबहादुर बुढामगरको घर भने भत्केको छ ।

पहिरोले घर भत्काए पनि मावनीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ ।

शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । सुरक्षित ठाउँमा बस्ती सार्न आग्रह गरे पनि सरकारले चासो नदिएको गुनासो स्थानीयवासीले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment