Comments Add Comment

अमेरिकामा ‘नेम्पा पपलुर अवार्ड’ हुँदै, को-को जाँदैछन् कलाकार ?


अमेरिकामा आयोजना हुन लागेको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’मा नेपाल चलचित्र संघले ‘नेम्पा पपुलर फिल्म अवार्ड’को आयोजना गर्ने भएको छ । अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिकामा रहेका नेपाली संगठनहरु एन्मा, नासिया, एनाको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र संघले नेपाली चलचित्रको विकास र विस्तारका लागि पपुलर अवार्ड गर्नका लागेको जनाएको छ । अवार्डका लागि २५ जना कलाकार संघका प्रतिनिधीहरु अमेरिका जानेछन् ।

यसपटक, पपुलुर फिल्मदेखि निर्देशक, नायक, नायिका, सह-नायक, सह-नायिका, संगीतकार, हाँस्य कलाकार, गायक, गायिका, नव-निर्देशक, नव-नायक, दशकको नायक, दशशकी नायिका, लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा सहभागी हुनका लागि कलाकारहरु निर शाह, भूवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दिपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन श्रेष्ठ, अन्जु पन्त, सुगम पोखरेल, अर्जुन पोखरेल, विल्सन विक्रम राई, निता ढुंगाना, जितु नेपाल, केदार घिमिरे, सरिता लामिछाने, सुमन गिरी, सितादेवी तिमिल्सिना लगायतको टोली अमेरिका पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment