Comments Add Comment

‘जय श्री दाम’को फस्टलुकमा अटाइनन् जेबिका


चलचित्र ‘जय श्री दाम’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्रको फस्टलुकमा नायिका जेबिका कार्कीलाई भने कुनै स्थान दिइएको छैन । चलचित्रका मुख्य कलाकारहरु अमृत ढुंगाना, विनोद न्यौपाने र राजन खतिवडा पोष्टरमा अटाएका छन् । यो चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको यसको निर्माणपक्षले बताएको छ ।

राजन पण्डितको भेषमा प्रस्तुत हुँदा अमृत र विनोदले गमलालाई नमस्ते गरेको पोष्टरमा देख्न सकिन्छ । मङ्की टेम्पल प्रोडक्शन, क्रेजी ह्याण्ड्स प्रोडक्शन र नेशनल मिडिया प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विप्लोप उप्रेतीले निर्देशन गरेका हुन् ।

पृथ्वी उप्रेती र मनोज उप्रेती कार्यकारी निर्माता रहेको चलचित्रमा मित्र डी गुरुङ र रविन आचार्य सह-निर्माताको रुपमा छन् । यो चलचित्र पौष २० गतेबाट रिलिज हुने जानकारी समेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment