Comments Add Comment

‘गोजीमा दाम छैन’ले ‘चङ्गाचेट’को हाइप कती बढायो ?


अहिले हरेक चलचित्रमा एउटा न एउटा लोक लयको गीत समावेश हुन्छ । कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चङ्गाचेट’मा पनि ‘गोजीमा दम छैन’ बोलको लोक लयको गीत समावेश छ । यो गीत सार्वजनिक भएपछि चलचित्रप्रति दर्शकको कौतुहलता बढेको छ । चलचित्रको निर्माता शर्मिला पाण्डे दर्शकले यो गीत मन पराएको भन्दै खुशी व्यक्त गर्छिन् । यो गीतको भिडियो टिक टकमा ४ हजार भन्दा बढी बनिसकेको भन्दै उनले दर्शकले अत्याधिक मन पराएको दाबी गरिन् ।

राजनराज सिवाकोटी र मेलिना राइको स्वर रहेको गीतमा राजनकै संगीत, हरिहर तिमिल्सिनाको शब्द छ । यो गीतलाई दर्शकले दिएको प्रतिक्रियाले आफुहरु उत्साहित भएको र चलचित्रको हाइप बढेको निर्देशक दिपेन्द्र के खनाल बताउँछन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, परमिता आर एल राणा र सन्दिप क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

माधव वाग्लेको समेत लगानी रहेको यो चलचित्रले पैसाको कारण मानिसको जिन्दगी कसरी चङ्गाचेट हुन्छ भन्ने कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment