Comments Add Comment

टाटा सुमो अब सुलभ ब्याजदरमा उपलब्ध हुने


७ भदौ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र मुक्तिनाथ बिकास बैंकबीच ‘आफ्नो गाडी आफैं सवारी’ नामक ब्यवसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सिप्रदी ट्रेडिङले व्याजदरमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएकोले यो अभियान अन्तर्गत व्यवसायिक प्रयोजनका लागि सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंकले १०.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जाप्रदान गर्ने जनाइएको छ ।

यस अभियान अन्तरगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकलाइ निशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान हुनेछ ।

यो अभियानले स्वदेशमा नै रोजगारीको सिर्जना गरी, युवाहरु बैदेशिक रोजगारीका लागी बिदेसिनुपर्ने बाध्यतालाई कम गर्नेछ भन्ने विश्वास रहेको छ ।

अभियानको बारेमा लक्षित समुहलाई जागरुक गराउन नेपालका कुशल पत्रकार रबी लामिछाने २ वर्षको अवधिका लागि सिप्रदी ट्रेडिङ प्रालिसँग अनुबन्धित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment