+
+
Shares

निम्बसको खाने तेलमा भेटियो अत्यधिक ‘फ्याट्टी एसिड’, उत्पादन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १९:५२


७ भदौ, काठमाडौं । सरकारले वीरगञ्जमा निम्बस समूहद्वारा संचालित प्रोवायोटेक प्रालिलाई खाने तेल उत्पादनमा प्रतिवन्ध लगाएको छ । कम्पनीलाई भटमास, सूर्यमुखी र तोरीको तेल उत्पादनमा प्रतिवन्ध लगाइएको वाणिज्य, आपूर्ति तथा उपभेक्ता हित संरक्षण विभागले जनाएको छ ।

खाने तेलमा मापदण्डभन्दा अत्यधिक बढी मात्रामा फ्याट्टी एसिड भेटिएको विभागले जनाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले साउन २३ गते लिइएको नमूना जाँचको रिपोर्ट आएपछि उद्योगको उत्पादन बन्द गर्न जिल्ला प्रशासन कार्यालयको टोलीलाई पठाइएको बताए ।

तेल मापदण्ड विपरीत हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने स्थिति देखिएकाले उत्पादन बन्द गराउने निर्णय भएको उनले बताए । उद्योगको तेलको नमूना आपूर्ति मन्त्री मात्रिका यादव आफैं वीरगञ्ज पुगेर अनुगमन गर्ने क्रममा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?