Comments Add Comment

चितवनको माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

८ भदौ, चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

गोविन्देश्वर सामुदायिक वनमा गाइबस्तु चराउन गएका माडी नगरपालिका-९ अध्योध्यापुरी कान्छी बगइका ५६ वर्रषीय जितबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बिहीबारदेखि हराएका राईलाई खोज्दै जाँदा स्थानीयवासीले आज (शुक्रवार) विहान ११ बजे गोविन्देश्वर सामुदायिक वनमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतक राईको टाउको खुट्टासमेत बाघले लगेको प्रहरीले बताएको छ । माडीमा जंगली जनावरको आक्रमणले मानिसको मृत्यु हुनेक्रम रोकिएको छैन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले चालु आर्थिक वर्षमा आक्रमण गरी स्थानीय मारेको यो दोस्रो घटना हो ।

यसअघि, गएको साउन २१ ग्ते महानगरपालिका-२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी २५ वर्षीया सुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment