+
+

लागूऔषध तस्करले बनाए अमेरिकादेखि मेक्सिकोसम्म सुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते ७:२९

९ भदौ, काठमाडौं । लागूऔषध सप्लाई गर्नको लागि तस्करहरुले अमेरिकादेखि मेक्सिकोसम्म सुरुङ खनेको पाइएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकाको एरिजोनामा ड्रग्सको तस्करीको लागि बनाइएको सुरुङ पत्ता लगाएका हुन् ।

यो सुरुङ करिब १८० मिटर लामो छ । यो सुरुङ अमेरिकाको सेन लुई शहरको एक पुरानो केएफसी रेष्टुरेन्टको बेसमेन्टबाट मेक्सिकोको लुइस रिओ कोलोराडो शहरको एक घरसम्म पुग्छ । प्रहरीले सुरुङ पत्ता लगाएलगत्तै दक्षिण एरिजोनास्थित उक्त घरको धनीलाई पक्रेको छ ।

केवाईएमए न्यूजका अनुसार इवान लोपेज नामक एक व्यक्ति पक्राउ परेपछि अमेरिकी अधिकारीहरुले अलर्ट जारी गरेका थिए । विशेष तालिमप्राप्त कुकुरहरुले प्रहरी अधिकारीहरुलाई लोपेजको गाडीसम्म पुर्‍याए जहाँबाट लागूऔषधले भरिएका दुई डब्बा बरामद भयो । जाँचकर्ताका अनुसार उक्त डिब्बामा २१ किलो हेराइन, ६ ग्राम कोकिन, तीन किलो फेन्टानिल र ११८ किलो मेथामफेटमिन बरामद भएको थियो । त्यसको मूल्य सात अर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान छ ।

जाँचकर्ताहरुले लोपेजको घर र पुरानो केएफसीमा छानबिन गर्दा सुरुङ केएफसीको किचनमा सुरुङ फेला परेको र त्यो सुरुङ मेक्सिकेको एक घरको बिस्तारामा अन्त्य भएको पाइएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?