Comments Add Comment

अमेरिका बस्ने नेपालीको लगानीमा सामुदायिक बैंक

न्यूयोर्क । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । एभरेष्ट फेडरल क्रेडिट युनियन (ईएफसीयू)ले अमेरिकी सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए)बाट सञ्चालन अनुमति पाएको हो ।

संस्थाका अध्यक्ष डिल्लीराज भट्ट, बोर्डमेम्बरहरु अन्जन श्रेष्ठ, राजन कर्माचार्य, बिजय पौडेल, जीबन बम, बिराज रिजाल, रामसी पोख्रेल रहेका छन् । यस्तै अनुगमन समितिमा डा.सुख गुरुङ, डा. केशब पौडेल र क्रेडिट कमिटिमा मोहन गिरी र नबराज केसी रहेका छन् ।

न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा शुरु गरेर अमेरिकाका विभिन्न शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ । अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ ।

क्रेडिट युनियनलाई निक्षेप संकलन एवम् कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।

संस्थाको प्रवर्द्धनका लागि अगष्ट २५ तारिख साँझ न्यूयोर्क सिटीस्थित ज्याक्सन हाइट्समा समुदाय लक्षित बृहत समारोह आयोजना गरिँदै छ । उदघाटन समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधिहरु, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न स्टेटबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने छ ।

एभरेष्ट फेडरल क्रेडिट युनियनका संस्थापक सदस्यहरुले अथक प्रयास र ठूलो लगानी पश्चात पाएको यो सफलतालाई गौरवको विषय भनेका छन् ।

हालसम्म एभरेष्ट फेडरल क्रेडिट युनियनले न्यूयोर्क ज्याक्सन हाइट्सस्थित सम्पर्क कार्यालयबाट प्रारम्भिक काम गर्दै आएको छ । अब नेसनल क्रेडिट युनियन एडमिनिष्ट्रेशनबाट अनुमति पाएसँगै वित्तीय कारोबारका लागि युनियनले छुट्टै भवन खोज्ने प्रक्रिया शुरु गरिसकेको छ ।

न्यूयोर्क, क्विन्सस्थित ज्याक्सन हाइट्सबाट पहिलो बैङ्कङि कारोबार शुरु गर्ने एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपालीभाषीहरुको घनाबस्ती रहेका राज्यहरु टेक्सस, क्यालिफोर्निया, डिसी भर्जिनिया मेरिल्याण्ड, म्यासच्युसेट, ˆलोरिडा, जोर्जिया, वासिङ्टन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागोलगायतका अन्य राज्यहरुका सहरमा आवश्यकताअनुसार शाखा विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment