Comments Add Comment

संगत मात्रै होइन आमाबुबाको गलत व्यवहारले पनि बिग्रन्छन् बच्चा

हरेक आमाबुबाले कल्पन्छन्, आफ्ना बालबच्चाको सुन्दर भविष्यमा । उनीहरु चाहन्छन्, छोराछोरी असल होस् । स्वस्थ होस् । पढोस् । ज्ञानी होस् । सभ्य होस् ।

यसैले उनीहरु बच्चाको भविष्यलाई लिएर सँधै चिन्तित हुन्छन् । उनीहरुको चिन्ता जायज पनि हो तर, उनीहरु बच्चालाई कसरी राम्रो वातावरणमा हुर्काउने भन्ने बारेमा चैं सोच्दैनन् ।

हाम्रो नेपाली समाजमा जब कुनै बच्चा पढाईमा कमजोर हुन्छन, बदमाश हुन्छन वा कुलतमा फस्छन् धेरैजसो आमाबुबाहरुले यसको दोष उनीहरुको साथी संगतलाई दिन्छन् ।

तर, यो साथीसंगतको कारणले मात्रै कुनै पनि बच्चा बिग्रँदैनन् । धेरैजसो अवस्थामा आमाबुबाको खराब र कडा व्यवहार पनि बच्चा बिग्रने कारण बन्न सक्छ ।

जसरी ५ वर्ष सम्मको उमेरमा बच्चालाई आफ्नो आमाबुबाको भरपुर साथ नमिल्नाले उनीहरु अटिजमको शिकार हुन्छन् । यसैगरि ‘हेलिकप्टर प्यारेन्टिङ’ अर्थात आमाबुबाको कडा व्यवहारले बच्चालाई सुधार्नुको सट्टा उनीहरुलाई बिगार्ने काम गर्छन् ।

यसको नतिजा स्वरुप अभिभावकहरुले बच्चाहरुको नराम्रो वचन र गलत बानी व्यवहारलाई झेल्नुपर्छ । जब आमाबुबाले आफ्नो बच्चासँग कडा रुपमा प्रस्तुत भएर किन, के जस्ता प्रश्न सोध्छन् तब बच्चाहरु हडबडाउँछन् हुन्छन् त्यस्तै उनीहरु झूटो बोल्ने बोल्न पनि बाध्य हुन्छन् ।

आमाबुबालाई लाग्न सक्छ बच्चाहरुसँग कडा रुपमा प्रस्तुत भएर उनीहरलाई हरेक कुरामा नियन्त्रण गरेर उनीहरुले आफ्नो बच्चाहरुको गलत बानी सुधारिहरेका छन् तर खासमा यस्तो हुँदैन ।

आज हामी केही यस्ता टिप्स बताउन गइरहेका छौं जसले आमाबुबालाई आफ्नो बच्चाहरुसँग कस्तो व्यवहार गर्ने भनेर जानकारी दिन्छ । यी टिप्सहरुलाई अपनाउनाले तपाइर्ंले आफ्नो बच्चाहरु असल मानिस सक्नुहुन्छ ।

बच्चाहरुलाई कहिल्यै पिट्ने वा गाली गर्ने नगर्नुहोस्

बच्चाहरुलाई गाली गर्ने र पिट्ने काम उनीहरुलाई गलत तरिकाले व्यवहार गरेको प्रमाण हो । जब बच्चाले कुनै पनि काम गर्छन् उनीहरु आफ्नो बुद्धिविवेक अनुसार गर्छन् ।

बच्चाहरुले गलत काम गरेमा वा गलत निर्णय गरेमा बच्चालाई पिट्नुको सट्टा उनीहरुलाई सहि र गलत बीचको फरक सम्झाउनुहोस् ।

बच्चाहरुलाई पिट्नाले उनीहरुको मस्तिस्कमा नराम्रो असर पर्छ र उनीहरु अर्को पटक गल्ती भएमा झुटो बोल्न सकछन् । यसैले हरेक आमाबुबाले आफ्नो यस्तो बानीलाई आजै बदल्नुहोस् ।

पहिले आफैलाई सम्झिनुहोस र फेरि बच्चालाई

आमाबुबाले बच्चाहरुलाई हरेक कुरा थोपर्नु गलत बानी हो । बच्चाहरुबाट राम्रो संस्कार वा उनीहरुसँग कुने पनि खालको आशा गर्नुभन्दा पहिले आफ्नो नराम्रो बानीहरुलाई परिवर्तन गर्नु जरुरी छ ।

यसैले जुन चीज तपाईं आफ्नो बच्चाहरुबाट चाहनुहुन्छ पहिले तपाई त्यसलाई आँफै गरेर देखाउने कोसिस गर्नुहोस् । किनभने बच्चाहरुले त्यहि गर्छन् जो आफ्नो वरिपरि देख्छन् ।

यसको लागि पुस्तकहरुको साथमा केही समय बिताउने, राती अबेरसम्म टिभी नहेर्ने, सामानहरुलाई सहि स्थानमा, राख्ने बच्चाहरुको अगडि कहिल्यै पनि झगडा नगर्ने जस्ता केहि राम्रो बानीहरुलाई आफैमा विकसित गर्नुपर्छ । तपाईंको यस्तो परिवर्तनले साँच्चै नै काम गर्छ ।

बच्चाहरुसँग साथीजस्तो बन्नुहोस्

कैयौं मानिसहरुमा यदि उनीहरु आफ्नो बच्चासँग फ्याङ्क भएमा बच्चाहरु बिगि्रन्छन भन्ने मानसिकता हुन्छ । तर, यस्ता मुर्ख मानिसहरुले फ्याङ्क भएमा पनि बच्चा तपाईंसँग साथी जसरी सबैकुरा बताउँदैनन् भन्ने बुझ्दैनन् ।

फेरि तपाई उनीहरुलाई जुन सल्लाह दिनुहुन्छ त्यसलाई साँच्चै अपनाउने छन् भन्ने पनि हुँदैन । बच्चाहरुलाई चौबिसै घन्टा नजर राख्नको सट्टा यदि तपाई बच्चाहरुसँगसाथी जस्तो व्यवहार गर्नुहुन्छ भने त्यसले धेरै फाइदा गर्छ ।

आजभोजी शहरका धेरैजसो आमाबुबाहरु कार्यालयमा जाने हुनाले बच्चासँग औसतमा केही घन्टामात्रै गुजार्न पाउँछन् जुन बच्चाको सहि विकासको लागि पर्याप्त हुँदैन ।

बच्चाको लागि केही विशेष गर्नुहोस्

बच्चा त्यहि गर्छन् जुन उनीहरुले सानैदेखि आफ्नो आमाबुबाले गर्दै आएको देखेका हुन्छन् । अर्थात बच्चाको लागि उनीहरुको आमाबुबा नै रोलमोडल हुन्छन् ।

आमाबुबालाई हरेक समय झगडा गरेको देख्नु, उनीहरुको बीचमा मनमुटाव हुनु र बच्चाहरुलाई पिट्ने आमाबुबाको सँग भएका बच्चा पछि झगडालु बन्न सक्छन् ।

घरमा हुने तनाव, झगडाको असर बच्चामा सबैभन्दा धेरै पर्छ । बच्चाहरु समयअगाडि नै वयस्क भएमा उनीहरुको सोच, उनीहरुको मानसिक स्तर, शैक्षिक र शारीरिक परिपक्वताको कारण उनीहरु कुराहरुलाई आधा र अधुरो ढंगले बुझ्छन् । यी सबैले उनीहरुमा नकरात्मक असर पर्छ ।

यसैले यदि तपाई आफ्नो बच्चामा अनुशासन, सहयोग, परोपकार र विनम्रता जस्ता गुण विकसित होस् भन्ने चाहनुहुन्छ भने यसको लागि उनीहरुलाई बारम्बार उपदेश दिनु व्यर्थ छ ।

यस्तो गरेमा बच्चाहरु दिक्क मान्छन् । सँधै यहि कुरा त भन्ने हो भनेर उनीहरु आफ्नो आमाबुबा को चेतावनीहरुलाई गम्भिरतापूर्वक सोच्ने कोसिस नै गर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment