+
+
Shares

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन 

मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १५:५०
उद्धारका लागि जाँदै गरेका हेलिकप्टर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङको नारफूस्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।
  • मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बेपत्ता सबै नेपाली हुन् र हेलिकप्टरमार्फत उद्धार प्रयास जारी छ।
  • जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता सबै अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएका थिए।

११ असोज, काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।

‘हिमपहिरोमा पर‍ेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ । एकिन भइसकेको छैन। हेलिकप्टर पनि गएको छ । एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’

उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?