+
+

स्मार्टको रिब्रान्डिङ, ल्यायो नयाँ योजना

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते १२:५१

१० भदौ, काठमाडौं । स्मार्ट टेलिकम्युनिकेशन कम्पनीले हालै नयाँ ब्राण्डिङका साथ प्रस्तुत भएको छ । यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसित गर्ने विश्वास गरिएको छ ।
नयाँ ब्राण्डिङ्गअन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ । यस अघि “स्मार्ट सेल”का रुपमा परिचित भएकोमा अब “स्मार्ट” का रुपमा प्रस्तुत हुने छ । साथै स्मार्ट “योर वर्ल्ड, योर भ्वाइस”भन्ने नारा साथ प्रस्तुत भएको छ ।

“स्मार्ट सेल”भन्दा जुन दायराको अनुभुति हुन्थ्यो त्यसलाई स्मार्टले अझ बढी फराकिलो तुल्याउने छ भन्ने विश्वासका साथ “स्मार्ट सेल”बाट “स्मार्ट”भनी रिब्रान्डिङ गरिएको छ ।
स्मार्ट सेलको सेल र फोरजीले हामीलाई निश्चित सीमामा सीमा बद्ध गरेको थियो” स्मार्टले भनेको छ

कम्पनीले नयाँ योजना तथा सेवाहरु प्रस्तुत गरेको सन्दर्भमा यो रिव्रान्डिङ गरेको हो ।

स्मार्टले रिब्रान्डिङ्गको साथ ‘इट्स फि्रडम’ भन्ने नयाँ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत रु. ९९ मा सिमकार्ड खरिद गरी रु. ५० को मेन ब्यालेन्स, २०० एम बि डाटा, १० मिनेट टकटाइम र १० एस एम एस प्राप्त हुनेछ ।

रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधाहरु प्राप्त गर्न गर्न सकिनेछ । न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एस एम एस र अन्तर्राष्ट्रिय कलगर्न सकिने सुविधा पनि यो योजनामा समावेश गरिएको छ । अन्य जानकारी स्टार १४१ ह्याज डायल गरी गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?