+
+
Shares

कञ्चनपुरमा आज दिनभरीको कर्फ्यु हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १३:२४

११ भदौ, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार रातिदेखि लगाइएको कर्फ्यु केही खुकुलो बनाइएको छ । स्थिति सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेसम्म कर्फ्यु हटाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार विहान ५ बजेदेखि १२ बजेसम्म कर्फ्यु खुला गरेको सूचना जारी गरेको थियो । तर स्थिति सामान्य बन्दै गएकाले साँझ ६ बजेसम्म कर्फ्यु हटाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले स्थिति सामान्यतर्फ उन्मुख भएका कारण कर्फ्युको समय खुकुलो पारिएको जानकारी दिए । साँझ ६ बजेदेखि मंगलबार विहान ५ बजेसम्म भने कर्फ्यु यथावत रहनेछ ।

कर्फ्यु खुलेपछि बजारमा सामान्य चहलपहल देखिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले निकालेको जुलुस उग्र बन्दै गएपछि प्रहरीले शनिबारदेखि कर्फ्यु लगाएको हो ।

शनिबार स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?