Comments Add Comment

एसियाडमा करातेकी अनु पराजित, नेपाल अहिलेसम्म पदकविहीन

११ भदौ, काठमाडौं । इन्डोनेसियामा जारी १८ औं एसियन गेम्सको करातेमा कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी नेपालकी अनु अधिकारी पराजित भएकी छन् । जापानकी मियाहरा मिहोसँग अनु ९-० ले पराजित भएकी हुन् ।

महिलातर्फ ५० केजी तौल समूहमा कास्य पदकका लागि भएको प्रतिस्पर्धामा अनु पराजित भएसँगै अहिलेसम्म जारी एसियन गेम्समा नेपाल पदकविहीन बनेको  छ । अनुले लाओसकी सिरिमोउङखोउने सिरिभिमोनलाई पराजित गर्दै कास्य पदकका लागि जापानकी मिहोसँगको भेट पक्का गरेकी थिइन् ।

यसअघि अनु क्वाटरफाइनलमा चाइनिज ताइपेइकी शियाउशुङ घुसँग ७-२ अंकमा पराजित हुँदै सेमिफाइनल प्रवेशबाट बाहिरिएकी थिइन् ।

आज (सोमबार) नै करातेको पुरुषतर्फ ८४ तौल समूह मुनिको क्वाटरफाइनलमा भएको खेलमा नेपालका दिवस श्रेष्ठ इरानका पोर्शव जाविओलाहसँग ८-० ले पराजित हुँदै बाहिरिएका थिए ।

योसँगै करातेमा पनि नेपाल पदकविहीन भएको छ । यसअघि करातेमा नेपालले पदक जित्ने विश्वास गरिएको थियो । सन् २०१४ मा नेपालले १ मात्र कास्य पदक करातेबाट जितेको थियो । त्यसबेला इन्चोन एसियाडमा नेपालकी विमला तामाङले कातातर्फ कास्य पदक जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment