२९ बैशाख, काठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार भएको फाइनलमा डिएभीले गेटवे एकेडेमीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।
मुलपानी मैदानमा गेटवे एकेडेमीले दिएको ७३ रनको लक्ष्य डिएभी स्कुलले १६.४ ओभरमै ७५/३ रन बनाउँदै पूरा गर्यो ।
डिएभीका लागि प्रसिद्ध जैशीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै ४५ बलमा अविजित ३५ रन बनाए । मयंक कुमार शाहले १४ बलमा १६ रनको योगदान दिए । गेटवेका उज्वल गुप्ताले २ तथा र साइमोन पन्तले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गेटवेले १९.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ७२ रन बनाएको थियो । गेटवेका मुरशिद इकबालले २३ बलमा १५ रन बनाए भने साबिर अन्सारीले १२ बलमा ११ रन जोडे ।
डिएभीको बलिङ आक्रमण निकै प्रभावशाली रह्यो । कमल शाहीले ९ रन मात्र रखअचेर ४ विकेट लिए । यस्तै प्रसिद्ध जैशीले १३ रन खर्चेर ३ विकेट लिए । केशवले अग्रवालले २ विकेट लिए ।
खेलमा अलराउण्ड प्रदर्शन गरेका डिएभकीका प्रसिद्ध जैशी म्यान अफ द म्याच घोषित भए ।
डिएभी स्कुलका प्रसिद्ध जैशी प्लेअर अफ दि टुर्नामेन्ट समेत घोषित भए । यस्तै डिभएकै कमल शाही बेस्ट बलर र गेटवे स्कुलका सविर अन्सारी बेस्ट ब्याटर घोषित भए । एन्जलहर्ट स्कुलका अभिषेक कठायत इमर्जिङ प्लेअर घोषित भए ।
प्रतिक्रिया 4