२९ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भुटान वुमन्स नेसनल लिगको डेब्यु खेलमै गोल गरेकी छन् ।
ट्रान्सपोर्ट युनाइटेड एफसीमा आबद्ध पुजाले लिगको पहिलो खेलमै गोल गरेकी हुन् ।
लिग अन्तर्गत सोमबार भएको खेलमा पुजाले भुटान यू-१७ टोली विरुद्ध गोल गरेकी हुन् ।
उक्त खेलमा ट्रान्सपोर्टले भुटान यू-१७ टोलीमाथि ८-० को फराकिलो जित निकाल्दै सानदार सुरुवात गरेको हो ।
पुजाको टिमको लागि ८७औं मिनेटमा गोल गरेकी थिइन् । पुजाकै गोल ट्रान्सपोर्ट युनाइटेडको अन्तिम गोल थियो ।
पुजासँगै नेपालबाट सम्झना लावती र बिर्सना चौधरीले ट्रान्सपोर्ट युनाइटेडबाट खेलेका थिए ।
नेपालबाट बंगलादेशकी श्रीमोती कृष्ण रानी सरकार र रुपना चक्माले पनि खेलेका थिए ।
प्रतिक्रिया 4