Comments Add Comment

योगमायालाई मदन पुरस्कार, मानन्धरलाई जगदम्बाश्री

११ भदौ, काठमाडौं । यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको योगमाया उपन्यासले पाएको छ ।

सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको हो । २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

२०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो । उत्कृष्ट ८ मा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइँया, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लुम्बिनी गाउँ र मोहन वैद्यको हिमाली दर्शन परेका थिए । त्यसमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै २०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । उनी नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय थिए ।

मदन पुरस्कार र जगदम्बा श्री दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment