Comments Add Comment

‘नेपालकी छोरी म’ गीतको म्युजिक भिडियो सार्वजनिक

१२ भदौ,  संखुवासभा । ‘नेपालकी छोरी म’ बोलको बाल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जिल्ला बाल क्लव समन्वय समितिले निर्माण गरेको ‘पाइला सफलताको’ बाल गीति एल्वममा रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएकोे हो ।

सुरशाला इन्टरमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत सदरमुकाम खाँदबारीको विभिन्न स्थानमा छायांङ्कन गरिएको छ । एकेडेमीका प्रमुख तथा नृत्य निर्देशक कुमार अनुरागीले निर्देशन गरेको गीतको भिडियोको छायांकन दिपेन्द्र शाक्यले गरेका छन् ।

ड्रोन क्यामेरामार्फत गीतको छायाँङ्कन गरिएको बाल क्लब समन्वय समितिका पूर्व अध्यक्ष खेवाहाङ मेवाहाङले बताए ।

गीत अनुसार म्युजिक भिडियोमा पनि नेपालमा रहेको विभिन्न जातजातिहरुको भेषभुषा र संस्कृति झल्काइएको उनको भनाइ छ । गीतमा १३ जना बाल कलाकारहरुले नृत्य तथा अभिनय गरेका छन् ।

दिपन कुमार श्रेष्ठले रचना गरेको गीतमा बाल गायिका किञ्जन अधिकारीको स्वर, गोपाल सरगम राईको संगीत र संयोजन भविन ढुंगानाको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment