Comments Add Comment

सप्तरीमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ५ जना पक्राउ

१२ भदौ, सप्तरी  युवतीको सामूहिक बलात्कारको आरोपमा प्रहरीले सप्तरीमा ५ जनालाई पक्राउ गरेको छ ।

शम्भुनाथ नगरपालिकाकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका ५ का २० वर्षका बिक्रम सरदार, २६ वर्षका कृष्णनारायण साह, २७ वर्षका मनोजकुमार राम, कञ्चनरुप नगरपालिका ११ का २४ वर्षका हिरालाल साह र शम्भुनाथ नगरपालिका ७ का १८ वर्षका राजकुमार भगत पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर करणीसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी भावेश रिमालले जानकारी दिए ।

गत आइतबार रक्षा बन्धनका दिन खड्ग नगरपालिकाको आर्नाहामा मेला हेरेर घर फर्किने क्रममा आफू सामूहिक बलात्कारमा परेको भन्दै २० वर्षकी युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

साथीहरुसँग मेलामा गएकी उनी पानी परेर सबै तितर वितर भएपछि घर फर्किने क्रममा एक्लै परेकी थिइन् । आइतबार राति ९ बजे घर फर्किने क्रममा सामूहिक बलात्कार भएको भनी पीडित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment