+
+
Shares

सप्तरीमा युवतीमाथि सामूहिक बलात्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १२ गते १७:०९

१२ भदौ, सप्तरी । सप्तरीमा मेला हेरेर फर्केकी एक युवती सामूहिक बलात्कारमा परेकी छन् ।

रक्षाबन्धनको दिन खड्ग नगरपालिकाको अर्नाहामा लागेको मेला हेरेर घर फर्किने क्रममा ६/७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षकी युवतीले प्रहरीमा उजुरी दिएकी हुन् ।

मेला चलिरहेका बेला एक्कासी पानी पर्न थालेपछि साथीहरुसँग छुटेकी उनी ९ बजेतिर घर जाने क्रममा बलात्कृत भएकी हुन् ।

युवतीले मदिरा सेवन गरेका युवाहरुले आफूलाई एकान्त ठाउँमा लगी बलात्कार गरेको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्याललयका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

युवतीको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको डीएसपी रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?