+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
141/4 (17.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

समलिंगी जोडीलाई छुट्याउन प्रहरी प्रयोग भएको आरोप

सर्वोच्च अदालतको आदेशपछि कम्तिमा १४ विवाहले कानुनी मान्यता पाएको छ, समलिंगी विवाहलाई स्वीकार्ने दक्षिण एसियाकै पहिलो मुलक बनेको छ नेपाल । यद्यपि, समलिंगी जोडीले अझै सामाजिक बहिष्कार र दुर्व्यवहार सहनु परिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले समलिंगी विवाह गर्न खोज्ने जोडीलाई छुट्याएको आरोप लागेको छ।
  • ललितपुर प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी भने यो आरोपको खण्डन गर्छन् ।
  • नेपालको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानूनी मान्यता दिएको भए पनि सामाजिक र कानूनी समस्याहरु अझै कायम छन्।

२९ वैशाख, काठमाडौं। समलिंगी विवाह गर्न खोजेको जोडीलाई छुट्याउन प्रहरी समेत प्रयोग भएको आरोप लागेको छ ।

धादिङ र चितवन घर भएका दुई समलिंगी महिलाबीच प्रेम सम्बन्ध भएर सँगै बसेका बेला उनीहरुलाई छुट्याउन प्रहरी समेत प्रयोग भएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

मायाको पहिचान नेपाल नामक संस्थाले रमिला र उनकी साथी सहमतिमा विवाह गर्ने योजना अनुसार, सिन्धुलीको सुनकोशी गाउँपालिका गएका थिए । तर, त्यसबेला रमिलाकी भाउजुले उनी हराएको भन्दै प्रहरी कहाँ निवेदन दिएकी थिइन् ।

‘दुवैलाई प्रहरीले कार्यालयमा बोलाएपछि उहाँहरु जानु भएको थियो, उजुरीमा उल्लेख भएअनुसार उहाँहरु भाग्नु भएको थिएन, परिवारसँग निरन्तर सम्पर्कमै हुनुहुन्थ्यो’, संस्थाका निर्देशक सुनिलबाबु पन्तले भनेका छन्, ‘प्रहरी कहाँ रमिलाले लामो समयदेखि परिवारबाट नै गालीगलौज र कुटपिटको सिकार भएको बताउँदा ललितपुर प्रहरीका एसएसपी श्यामकृष्ण अधिकारीले गम्भीरता नदेखाई अपमानजनक शैलीमा अपशब्द प्रयोग गरेका थिए ।’

त्यसपछि प्रहरीले नै उनलाई भाउजूको जिम्मा लगाएको भनिएको छ । सर्वोच्च अदालतले १२ असार २०८० मा दिएको आदेश अनुसार नेपालमा समलिंगी विवाहलाई कानूनी मान्यता दिइँदै आएको छ ।

त्यसअनुसार, गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको १२ वैशाखले २०८१ मा सबै पालिकालाई समलिंगी विवाह दर्ता गर्नसक्ने कानुनी अधिकार दिएको छ । यद्यपि, अझै पनि विवाह गर्ने समलिंगी जोडीले सामाजिक बहिष्कार र कानुनी झमेला व्यहोर्नु परिरहेको छ ।

संस्थाका पदाधिकारी एवं दक्षिण एसियामा पहिलो समलिंगी विवाह गर्ने सुरेन्द्र पाण्डेले रमिला र उनको साथीको सुरक्षा सुनिश्चितता गर्न माग गरेका छन् ।

‘उनीहरुले आपसी स्वीकृतिमा सँगै बस्न चाहेको खण्डमा त्यसमा कुनै हस्तक्षेप नगरियोस्’, उनले भनेका छन्, ‘घटनामा संलग्न प्रहरी अधिकारीमाथि निष्पक्ष अनुसन्धान गरी आवश्यक अनुशासनात्मक कारबाही गरियोस् ।’

ललितपुर प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले भने एक जना महिला हराएको भन्दै परिवारले निवेदन दिएपछि खोजतलास गरेको बताए ।

‘दुवै घुम्न हिँडेको ७/८ दिन भएको रहेछ, फेला परेपछि के हो भनेर सोध्दा सँगै बस्न चाहन्छौं भनेका थिए । उनीहरुले बिहे गर्दैछौं भने, कहिले गर्नुहुन्छ भन्दा १५ दिनजति लाग्छ भनेका थिए’, उनले भने, ‘मैले परिवारबाट निवेदन आएकाले बिहे गरेपछि सँगै बस्नुस्, बरु प्रक्रिया अघि बढाउनुस् गर्नुस्, शान्ति सुरक्षा चाहिए निवेदन दिनुस् पनि भनेको थिएँ ।’

कार्यालयमा परिवारका सदस्यहरु र अरु सेवाग्राही भएका बेला आफूले अपमानजनक शब्दहरु प्रयोग गर्ने भन्ने हुनैनसक्ने बताउँदै उनले भने, ‘खोजतलासका निवेदन लिएर परिवार आएपछि हामीले विवाह नभएको अवस्थामा परिवारलाई जिम्मा लगाउनुपर्छ, त्यही गरिएको हो ।’

दक्षिण एशिया जगाउने दम्पती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?