Comments Add Comment

बौद्धको रोपाइँजात्रामा पानीजहाज ! (फोटो फिचर)

१२ भदौ, काठमाडौं । गाईजात्राको भोलिपल्ट आज रोपाइँजात्रा । काठमाडौंलगायत देशका धेरै ठाउँमा रोपाईजात्रा मनाइएको छ ।

काठमाडौंको वौद्धमा मंगलबार देखाइएको रोपाइँजात्रामा भने ‘पानीजहाज’ पनि देखियो । जात्राका सहभागीहरुले राष्ट्रिय झण्डासहित पानीजहाजको आकृति पनि प्रदर्शन गरे ।

पिच उप्किएर हिलो भएको सडकमा स्थानीय वासिन्दाले बाउसे गर्दै खेत रोपेजस्तो गरे । युवाहरु नक्कली कोदालोसहित आएका थिए । रोपाईजात्रामा नक्कली बेहुलाबेहुली पनि आएका थिए । जात्रा देखाउँदै उनीहरुले वौद्ध स्तुपा परिक्रमा गरे ।

प्रतियोगितात्मक रुपमा विभिन्न समूह सहभागी भएको उक्त कार्यक्रममा उत्कृष्ट नाच देखाउनेलाई पुरस्कारको व्यवस्था पनि गरिएको थियो ।

हेर्नुस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment