Comments Add Comment

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेका हुन् । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने तय भएको छ । यस विषयमा दुई पक्षबीच हालै सम्झौता भएको बुझिएको छ । सम्झौताअनुसार आमिरले मुनाफाको ७० प्रतिशत लिने छन् । सम्झौता लगत्तै आमिर कलाकारहरुको चयनमा जुटेका छन् ।

खबरअनुसार ‘बाहुबली’ बाट ख्याति कमाएका अभिनेता प्रभासलाई आमिरले ‘महाभारत’ का लागि अफर गरेका छन् । कुन भूमिकाका लागि उनले अफर गरेका हुन् भन्ने चाहिँ खुलासा भएको छैन । तर, आमिरको प्रस्ताव प्रभासले पक्कै पनि इन्कार गर्ने छैनन् । त्यसमाथि यो बलिउडको अहिलेसम्मकै महंगो फिल्म बन्नेबाला छ । दक्षिण भारतीय अभिनेता प्रभास हाल नयाँ फिल्म ‘साहो’ मा व्यस्त छन् ।

महाभारतमा भगवान कृष्णको रोल आमिरले आफैंलाई राखेका छन् । द्रौपदीको भूमिकामा दिपिका पादूकोणलाई लिइने चर्चा चले पनि कम्फर्म भएको छैन । यसैगरी फिल्ममा अरु पनि नाम चलेका स्टारहरुलाई अनुवन्ध गर्ने आमिरको प्रयास छ ।

हलिउड फिल्म ‘लर्ड अफ द रिंग्स’ र ‘गेम अफ थ्रोन’ जस्तै श्रृंखलावद्ध तरिकाले महाभारत निर्माण हुन लागेको हो । यसका लागि आमिरलाई १० देखि १५ वर्ष लाग्ने छ । यो बीचमा उनले अरु प्रोजेक्ट पनि गर्न सक्छन् । हाल उनी ठग्स अफ हिन्दुस्तानमा व्यस्त छन् । यो फिल्मको काम सकिएपछि उनी महाभारतका लागि अघि बढ्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment